आज (आइतबार) बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ केही बढेको छ।

शुक्रबार प्रतितोला १०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला रु ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...