सांसद पन्थद्वारा केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा, बरिष्ठ नेता पौडेलले दिए साथ !

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य तथा नेपाली काँग्रेस तनहुँका नेता प्रकाश पन्थले केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गरेका छन् । नेता पन्थले काँग्रेसको १४औँ महाधिवेशनमा अपांगतातर्फबाट केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गरेका हुन् ।

पन्थले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै, आफूले काँग्रेसको आगामी अधिवेशनमा अपांगता तर्फबाट केन्द्रीय सदस्यमा उमेद्वारीको घोषणा गरे । उनले अपाङताका बिषयमा गर्नुपर्ने थुप्रै कार्यहरुका लागि पार्टीको केन्द्रीय नेतृत्वमा पुग्नु अत्यावश्यक रहेको भन्दै आफ्नो उम्मेदवारी अपरिहार्य भएको जनाएका छन् ।

Advertisement

पन्थले तमाम अपाङ्गता भएका व्यक्तिहरुको भोगाइ, अनुभव र सिकाइलाई अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखी निरन्तर लड्दै आइरहेको समेत स्मरण गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, मानवअधिकार र सामाजिक न्यायका लागि लड्दै समावेशी युवामैत्री प्रविधियुक्त ‘स्मार्ट कांग्रेस’ बनाउने अभियानमा मुलुक भरका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरु र सरोकारवालाहरुसँग साथ, सहयोग र अमूल्य मतका लागि विनम्र अनुरोध गर्दछु ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँ स्थायी घर भएका पन्थलाई पौडेल समूहबाट आधिकारिक उम्मेदवार बनाउने बचन दिएको समेत बुझिएको छ ।

कांग्रेसको विधानानुसार १४औँ महाधिवेशनबाट सभापतिबाहेक दुई उपाध्यक्ष, दुई महामन्त्री, आठ सहमहामन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले मनोनय गर्ने व्यवस्था विधानले गरेको छ ।

नवौँपटक विधान संशोधन गर्दै नेपाली कांग्रेसले आफूलाई समावेशी पार्टीको रूपमा स्थापित गर्न खोजेको छ । वि.सं.२०१७ सालमा लेखिएको विधान ०७५ फागुन १२ गते नवौँपटक संशोधन गरिएको हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई अंगीकार गरेपछि कांग्रेसले पनि आफूलाई समावेशी पार्टी बनाउन अभ्यास थालेको हो ।

प्रेस बिज्ञप्ति :

More News last news
Loading...