काठमाडौं l नेपाली बजारमा बेनेलीको १२५ सीसी स्कुटर भित्रिने भएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले आफ्नो फेसबुक पेजमार्फत यस सम्बन्धी टिजर सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जालमा यस सम्बन्धी विस्तृत जानकारी प्रदान नगरे पनि यसको वारेमा अनुमान लगाउन भनिएको छ । पहिलो पोस्टमा ‘इटालियन रेट्रो, हिटिङ द स्ट्रिट्स अफ नेपाल सुन’ भनिएको छ भने अर्को पोस्टमा ‘समथिङ क्लासिक, समथिङ इटालियन, समथिङ रेट्रो … क्यान यु गेस ह्वाट इज कमिङ अप ?’ भनिएको छ । थप जानकारीका लागि केही समय पर्खिन अनुरोध गरिएको छ ।
कम्पनी स्रोतका अनुसार पहिलो पटक नेपाली बजारमा बेनेलीले स्कुटर भित्र्याउन थालेको छ । यसका लागि बुकिङ पनि खुला गरिएको छ । बेनेलीको प्यानेरिया १२५ स्कुटर नेपाली बजारमा करिव दुई सातामा सार्वजनिक गरिने तयारी भइरहेको छ ।
एफआई इन्जिनयुक्त सो स्कुटर क्लासिक रेट्रो लुकमा उपलब्ध छ । रेट्रो लाइफ मन पराउने ग्राहकलाई लक्ष्यित गरिएको सो स्कुटरको नाम इटालियन आइल्यान्डको नामबाट राखिएको हो । फुल्ली लोडेड फिचरयुक्त सो स्कुटरमा १२÷९० साइजको टायर प्रयोग गरिएको छ ।
फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको फुल एलईडी लाइटिङ सिस्टम, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम, किल स्विच, चार्जिङ प्वाइन्ट आदि विभिन्न फिचर भएको सो स्कुटर भित्रिए पश्चात १२५ सीसी सेगमेन्टको नेपाली स्कुटर बजारमा अर्को प्रतिस्पर्धि थपिने अनुमान गर्न सकिन्छ
ब्ल्याक, ब्लु, ह्वाइट र यल्लो गरी चार कलर अप्सनमा उपलब्ध हुने यो स्कुटरको मूल्य ३ लाख ३५ हजार रुपैयाँ हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
