चिसोले रित्तिँदै लेक, भरिँदै बेसी

तेह्रथुम । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानको खोजीमा बेसी सार्न थालिएको छ।

तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लो भेगका खर्क र बेसीमा चहलपहल बढेको छ । ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ ।

Advertisement

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए। उनी भन्छन्, ‘जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसीतिर झार्छौं गर्मी सुरु भएपछि फेरी लेकतिर ल्याउने गर्छौ ।

जाडोले पशुचौपया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो।’ तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेसी झर्न थालेका छन्। यहाँका किसाना ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाइभैंसी पाल्दै आएका छन्।

खासगरी तीन जिल्लाको संगमस्थल तीनजुरे मिल्के, जलजले क्षेत्रको गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे पाँचपोखरीलगायत क्षेत्रका चौरी तथा गाईभैंसी तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकी गाउँका बस्ती नजिकका खर्कमा झार्न गरेको स्थानीय सोनाम शेर्पाले बताइन।

माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुन थालेपछि न्यानो स्थान खोज्दै तलतिर झार्ने गरेका छन्। यहाँका किसान चौरीखर्क बेसी झार्न जाडोयाम भरी पुग्ने बन्दोबस्तीका सामग्री तयार गरी खर्कतिर लाग्ने गरेका छन्।

गर्मी सुरु भएपछि चौरी तथा याकहरू आफै लेकतिर लाग्ने चौरीपालक किसान पासाङ शेर्पाले बताए।

More News last news
Loading...