यो साता घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । यो साता सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको हो।

गत साताको शुक्रबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो । जुन, प्रतितोला ६०० रुपैयाँको गिरावट हो।

Advertisement

यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९० हजार ८०० रुपैयाँमा आइपुगेको छ।

साताको पहिलो कारोबार दिन आइतबार मूल्य बढेर कारोबार खुलेपनि त्यस पछाडिका दिनमा निरन्तर मूल्य घटिरह्यो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको थियो।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य पनि यो साता घटेको छ।

हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यो, साताभर चाँदीको मूल्यमा आएको ३५ रुपैयाँको गिरावट हो।

More News last news
Loading...