झापा l झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स नगर कार्यसमिति गठन भएको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दिपक कुमार मल्होत्रा, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीकोउपस्थितीमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर नगर कार्यसमिति चयन भएको हो ।
चेम्वर अफ कमर्सको पहिलो साधरणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध चयन
हुनुभएको हो । सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेँढाई, शम्भु प्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा चयन हुनुभयो ।
पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर मुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो ।
बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा नगर कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उहाँको भनाई छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘अहिले पनि ३० प्रतिशत बाँझो
जमिन छ सरकारले बजेटमा पनि जमिन बाँझो नराख्ने भनेर भनिरहेको छ।
स्थानीय प्रशासनसंग सहकार्य गरि कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्वर स्थानीय व्यवसायीसंग सहकार्य गर्न तयार छ ।’ मुलुकमा कृषिको आधुनिकीकरण र प्रविधिमा लगानी भित्र्याएर तिव्र आर्थिक विकास गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो ।
अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पूँजिगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताउनुभयो । केन्द्र र स्थानीयतहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताउनुभयो । एकल अंकमा
व्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पु-याउनुपर्ने उहाँको भनाई छ ।
दमक चेम्वरका अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । दमक कार्यसमिति गठन भएसंगै नेपाल चेम्बर अफ कमर्सको जिल्ला नगर कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
