कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

काठमाडौँ । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन्।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन्। ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ।’

Advertisement

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन्।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन्। यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन्।

More News last news
Loading...