कक्षा १२ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो।

Advertisement

प्रवक्ता शर्माका अनुसार परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।

त्यस्तै एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ भने  आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

More News last news
Loading...