खोटाङ । बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।
त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
स्थानीय बासिन्दा बालाचतुर्दशी मेला दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीकिरण आचार्यले जानकारी दिए ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलालाई बृहत् बनाउन नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको हो ।
बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
