शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

काठमाडौँ । साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ। आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ।

Advertisement

आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ। बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ।

कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता पाँच सय सात रुपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता चार सय १३ रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा कर्पोरेट डेभलप्मेन्ट बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ।

More News last news
Loading...