आज (बिहीबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।

बुधबार तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो।

सुनको भाउ स्थिर रहेपनि आज चाँदीको भाउ भने घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १९० रुपैयाँ रहेको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...