काठमाडौं l नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।
आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन्। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए।
एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।
रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
