बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य, अस्ट्रेलियामा पनि देखियो नयाँ भेरियन्ट

लण्डन । कोरोनाको नयाँ भेरियन्ट मिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ।

स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन्।

Advertisement

यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए।

बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ। नयाँ कोरोना भाइरसको भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ।

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए। सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो। तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन्।

त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

More News last news
Loading...