काठमाडौँ । नेपाली चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो।
कोरोना महामारीले गर्दा कयौ फिल्महरु अस्तव्यस्त नै भए भने केही चलचित्र भने मिति तय भए लगत्तै रोकिएका थिए।
यो चलचित्र पनि त्यही महामारीको सिकार बनेको थियो । यो चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ।
तर अहिले आएर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । प्रर्दशन मिति नखुलाएपनि यो चलचित्रको हालै सानो टिजर सार्वजनिक भएको छ ।
जसमा कलाकारहरु अभिनेत्री संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विसाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह र किरण लगायतको अभिनय रहेको यो चलचित्रमा उद्स्या सिवाकोटी, र सुमिना दाहालले बालकलाकारहरुको भुमिका निर्वाह गरेका छन् ।
यस चलचित्रको निर्देशन भने भोमन कटुवालको रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
