आज (सोमबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य केही बढेको छ।

आइतबार तोलामा ७०० सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० रुपैयाँ रहेको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० रहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...