कांग्रेस अर्घाखाँचीको नेतृत्व लिन नेताहरु दौडधुपमा, कस्ले मार्ला बाजि ?

सन्धिखर्क । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि रस्साकस्सी जति बढ्दो छl जिल्ला नेतृत्वका लागि पनि उत्तिकै कसरत भइरहेको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ६ मा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र मंसिर १० मा २ वा २ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ ।

Advertisement

१३ औं महाधिवेशनमा जिल्ला सभापतिमा विष्णु प्रसाद खनाल सर्वसम्मत बनेका थिए । स्थानिय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन उल्लेखनिय भुमिका खेलेका मुस्कान पुन: जिल्ला सभापतिमै उठ्ने भनेर आफ्नो छुट्टै सम्पर्क कार्यालय खोली चुनावी अभियानमा लागेका छन् । मुस्कान रामचन्द्र पौडेल समुहका नेता हुन् ।

सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका भए पनि जम्मा ४ जना नेताहरुले मात्रै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिल्ला सभापतिको नेतृत्व लिन युवा नेताहरु अग्रसर छन् । १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका इन्द्रमणि पौडेल सभापतिका रूपमा बलिया उम्मेदवार रहेकाे बुझिन्छ । महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन् ।

उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिएको बताउने पौडेलले आसन्न जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरि प्रचारप्रसारमा जुटेका छन् । शिक्षक संघका अध्यक्ष रहेका यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् ।

नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न शिक्षक पेशाको जागिर छोडेर मैदानमा उत्रने चर्चा छ । उनले भने जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्षबाट आफूले उम्मेदवारी दिने बताउँदै आएका छन्।

संस्थापन इतर समुहका नेता महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ। तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठ सभापति बन्न लागेकाले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन्।

यता, काँग्रेसका अर्का नेता महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल भने कुनै गुटमा देखिएका छैनन्। युवा स्वरोजगार दिलाएको भन्दै जित सुनिश्चित हुन युवा टिमबाटै आफुँले उमेद्वारी घोषणा गरेको उनको दावी छ ।

More News last news
Loading...