यो नगरपालिकामा आज र भोलि सार्बजनिक बिदा

बैतडी । मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । मेलौली भगवती मन्दिरमा लाग्ने भव्य जात्राका लागि नगरपालिकाले आज बिहीबार र भोलि शुक्रबारका लागि बिदा दिएको हो।

नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए।

Advertisement

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन्। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि आज बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ।

मेयर नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आज कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाएका छन्।

महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकार जस्तै बनेको अति सुन्दर मैदानमा प्रसिद्घ मेलौली भगवतीको मन्दिर अवस्थित छ। यो मन्दिर वैतडी जिल्लाको मात्रै नभएर सुदूरपश्चिम नेपालकै प्रसिद्ध मन्दिर हो।

More News last news
Loading...