काबुल । यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेको तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो।
तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ। बरु, तालिवान सत्तामा पुगेपछि महिलामाथि शृंखलाबद्ध बर्बर हिंसा भएका छन् । युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ।
तालिवानले सत्तापलट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागीता शून्य छ । उनीहरुको बोली र व्यावहारमा तालमेल हुन सकेको छैन् ।
एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले निर्घात कुटेका छन्। किशोरीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि तालिवानले कुटेका हुन्। सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको शरीरमा निलडाम र चोट देख्न सकिन्छ। हेरात प्रान्तमा सो घटना भएको हो।
ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कुटेपछि ती किशोरी चिच्चाएकी देखिन्छन्। किशोरीको पिँठ्यु, खुट्टालगायत शरीरका अन्य अंगमा चोट लागेको छ । तर, तालिवानले यी सबै आरोप अस्वीकार गरेको छ। किशोरी बलात्कारमा कमान्डरको कुनै संलग्नता नरहेको तालिवानले दाबी गरेका छन्।
गृहमन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । तालिवानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन्।
तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन्। तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ।
‘काबुलको १२ औं जिल्लामा आफूमाथि बलात्कारको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ,’ तालिबानका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
