आज (आइतबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।

शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य शुक्रबार प्रतितोला रु ९३ हजार ९०० रुपैयाँ रहेको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २९५ रहेको छ। शुक्रबार चाँदी प्रतितोला रु एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...