प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने

काठमाडौं l प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपपछि मात्रै सेयर धनीले पाउनेछन् । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गरेको थियो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

More News last news
Loading...