काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य केही बढेको छ।
हिजो तोलामा २ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँ रहेको थियो।
सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० रहेको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
