एजेन्सी l मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ।
मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो।
सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो ।
आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगोलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो ।
आगोलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
