एकै रात ३१ जुवाडे पक्राउ, ६ लाख रुपैयाँ बरामद

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जााकारी दिए ।

Advertisement

बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका हुन् । यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए ।

उनीहरू राती २ बजे समातिएका हुन् । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पक्राउ परेकाहरु हाइ प्रोफाइल व्यापारी भएको कारणले नाम सार्वजनिक गराएको छैन ।

More News last news
Loading...