चर्चित गायक अधिकारी र मोडल खड्का स्टार इन्टरनेशनल अवार्डबाट सम्मानित

काठमाडौं । चर्चित लोकतथा दोहोरी गायक खुमन अधिकारी ‘स्टार इन्टरनेशनल अवार्ड–२०२१’ बाट सम्मानित भएका छन् ।

एक दशकभन्दा लामो समयदेखि लोकतथा दोहोरी गीत संगीतको क्षेत्रमा सक्रिय अधिकारीले ‘टोपी किनेको’ गीतबाट ‘स्टार इन्टरनेशनल अवार्ड–२०२१’ अन्तर्गतको ‘द बेष्ट पपुलर सिंगर अफ द इयर’ विद्याको अवार्ड हात पारेका हुन् ।

Advertisement

मंगलबार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा अधिकारीलाई नेपाल सरकारका रक्षामन्त्री डा। मिनेन्द्र प्रसाद रिजाल, दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डे, बरिष्ठ कलाकार मोहन निरौला र कलाकार उत्तम केसी लगायतले अवार्ड हस्तान्तरण गरे।

अधिकारीका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘पानी कुवाको’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायतका दर्जनौ गीत चर्चामा छन्।

यस्तै ‘द बेष्ट मोडल’ अवार्ड अभिषेक खड्काले प्राप्त गरे । खड्कालाई कलकते काइयो गीतबाट बेष्ट मोडलको अवार्ड प्रदान गरिएको हो । उक्त गीतमा गायक अधिकारी र शान्ति श्री परियारको स्वर रहेको छ।

More News last news
Loading...