सुजुकीले खुलायो भारतमा नयाँ सेलिरियोको बुकिङ, २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी

काठमाडौँ । भारतमा मारुती सुजुकीले सेकेन्ड जेनेरेशन सेलिरियोको बुकिङ खुल्ला गरेको छ । यो कारलाई कम्पनीले यसै महिनाको १० तारिखमा औपचारिक लन्च गर्न गैरहेको छ।

सन् २०१४ देखी बिक्री हुँदै आइरहेको सेलिरियो सुजुकी ब्रान्डको सर्बाधिक बिक्री हुने ह्याचब्याक कारमा पर्दै आइरहेको छ । बुकिङ खुल्ला गरिएपनि यसको मूल्य भने हालसम्म सार्बजनिक गरिएको छैन।

Advertisement

नयाँ सेलिरियोलाई कम्पनीले कम तौलमा आधारित हर्टटेक्ट प्लेटफर्ममा उत्पादन गरिरहेको छ। पहिलेको तुलनामा केही ठूलो आकार र नयाँ लुक्स तथा डिजाइनमा तयार भएको यो कारलाई कम्पनीले भारतकै सर्बाधिक माइलेज दिने कार भएको दाबी गरेको छ ।

यो कारले प्रतिलिटर इन्धन खपतमा २६ किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा जडान गरिएको अल न्यू के सिरिज इन्जिनका कारण यति धेरै माइलेज पाइने कम्पनीले दाबी गरेको हो । यो कारमा १.२ लिटर क्षमताको डुअल भीभीटी टेक्नोलोजीको डुअल जेट इन्जिन जडान गरिएको छ।

यो नयाँ कारको डिजाइनमा कम्पनीले ब्यापक सुधार गरेको छ । जसका कारण पुरानै मोडलको सेकेन्ड जेनेरेशन भनिएपनि यो ब्रान्ड न्यु मोडल जस्तो देखिन्छ । यो कारमा अटो गियर सिफ्ट(एजिएस) र आइडल स्टार्ट–स्टप टेक्नोलोजी समेत दिइएको छ।

एउटा सानो आकारको बजेट कारलाई सकेसम्म अत्याधुनिक, सुबिधासम्पन्न र सुरक्षित बनाउन कम्पनीले निकै नै मेहनत गरेको छ। नयाँ सेलिरियोमा रिभर्स पार्किङ सेन्सर, इबिडी सहितको एबिएस र डुअल फ्रन्ट एयर ब्याग लगायत अन्य थुप्रै सेफ्टि फिचर्स समेत उपलब्ध गराइएको छ।

यो म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध छ। सेलिरियोलाई नेपाली बजारमा समेत निकै लोकप्रिय ह्याचब्याक कारका रुपमा लिने गरिन्छ । भारतमा औपचारिक लन्च भए लगत्तै यो नयाँ कार नेपाली बजारमा समेत भित्रिने अनुमान लगाइएको छ।

More News last news
Loading...