रोहित शेट्टीको ‘कप युनिभर्स’ मा सलमानलाई अफर

काठमाडौं l हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन्।

पुलिसकै कथामा तीन फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् । कप युनिभर्समा ‘सिंघम’ बाट सिम्बा हुँदै सूर्यवंशीसम्म सामेल छन् । यसमा अब उनी चुलबुल पाण्डेलाई इन्ट्री गराउने कोसिसमा छन् ।

Advertisement

बलिउडमा अर्को पुलिसको कथा भन्ने फिल्म हो ‘दबंग’ । रोहित चुलबुल पाण्डेको क्यारेक्टरमा रहेका सलमान खानलाई उक्त युनिभर्सको सदस्य बनाउन चाहन्छन् । हालै आफ्नो फिल्म ‘सूर्यवंशी’ को प्रमोसनका लागि सलमानको टेलिभिजन शो ‘बिग बोस’ मा पुगेका रोहितले उक्त प्रस्ताव गरेका हुन् ।

‘म तपाईसँगको हरेक भेटमा फिल्मका लागि आग्रह गर्छु तर तपाई अझैसम्म तयार हुनुभएको छै’, रोहितले भने, ‘म तपाईलाई सिंघमसँग पर्दामा देखाउन चाहन्छु ।’ सलमानले शोमा आफू तयार रहेको छोटो प्रतिक्रिया दिएका छन् ।

सलमानले ‘एस’ भनेपछि उत्साहित हुँदै रोहितले आफ्नो वाचाबाट पछि नहट्न आग्रह गरे । ‘मलाई थाहा छ, तपाईले कमिटमेन्ट गरेपछि पूरा गर्नुहुन्छ भन्ने । म निकै उत्साहित छु, अजयसँग तपाईलाई देखाउने कुरामा’ रोहितले भने । शोमा रोहितसँगै कट्रिना कैफ पनि पुगेकी थिइन् । रोहितले सिंघमको रूपमा अजय देवगन, सिम्बाको रूपमा रणवीर सिंह र सूर्यवंशीको रूपमा अक्षय कुमारलाई दर्शकसमक्ष पुर्‍याएर पुलिसको सिनेम्याटिक युनिभर्स बनाएका छन् । यसमा उनले सलमानलाई चुलबुल पाण्डेको रूपमा प्रवेश गराउन प्रयाशरत छन् ।

भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिँदै आएका अक्षयलाई एकपटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् ।

फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को-स्टार कट्रिना कैफ छिन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका छन् ।

More News last news
Loading...