आज (सोमबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात (सोमबार) नेपाली बजारमा सुनको भाउ थोरै बढको छ । हिजो तोलामा ३०० रुपैयाँले घटेको छापावाल सुन आज १०० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन आइतबार प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो

Advertisement

। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार ३०० रहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ३०० रुपैयाँ रहेको थियो।

सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २४५ रहेको छ । आइतबार चाँदी रु, १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...