निर्माता सुरक्षित रहने र दर्शक हलसम्म आउने फिल्मको आवश्यक

काठमाडौं । निर्देशक निश्चल बस्नेतले नेपाली फिल्मलाई चलायमान बनाउन आआफ्नो स्थानबाट अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

हालै एक फिल्म हलको उद्घाटन कार्यक्रममा उनले कोरोना महामारीले फिल्म क्षेत्रमा निराश बढेका बेला हलको उद्घाटन हुनु सुखद संकेतको रूपमा लिनुपर्ने बताए ।

Advertisement

‘यो समयमा हल खुल्नु निकै खुसीको कुरा हो, यसले फिल्मी क्षेत्रलाई चलायमान बनाउने मेरो विश्वास छ’, निश्चलले भने ।उनले हल सुरक्षित रहेको संदेश दर्शकमाझ पुगेमा फिल्म क्षेत्र विस्तारै चलायमान बन्ने बताए । उनले यो समयमा फिल्म बनाउँदा दर्शक र बजारलाई हेरेर बनाउनु पर्नेमा जोड दिए ।

‘कोरोना भाइरसको कारणले सिर्जित अवस्थापछि हामीले काम गर्दा दर्शक पनि हलसम्म आउने र निर्माताको लगानी पनि सुरक्षित रहने फिल्म बनाउनुपर्छ’, निश्चलले भने ।

उनले आफूले पनि फिल्म बनाउने कोसिस गरिरहेको बताए । फिल्म प्रदर्शन अन्ततः व्यापार नै भएकोले त्यसतर्फ चनाखो हुनु जरुरी रहेको बताएका उनले भने, ‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ।  अन्ततः फिल्ममा जोडिने भनेकै विजनेश हो । त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’

More News last news
Loading...