मुक्तिनाथ विकास बैंकको १८ दशमलव ५० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बसेको बैठक लाभांश प्रस्ताव हाल कायम चुक्ता पूँजीको १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि शून्य ९२ प्रतिशत गरी कुल १८ दशमलव ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Advertisement

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १५औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

हाल चार अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १७ दशमलव ५७ प्रतिशत बोनस वितरणपछि पाँच अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ।

More News last news
Loading...