आज (आइतबार) घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन शुक्रबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार २०० रहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ७०० रुपैयाँ रहेको थियो।

सुनको भाउ सँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २४० रहेको छ । शुक्रबार चाँदी रु, १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...