दोहोरीको राजा बने लोकप्रिय गायक पशुपति शर्मा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक तथा दोहोरी गीत संगीतमा एकछत्र राज गरेका पशुपति शर्मा दोहोरीको राजा बनेका छन् ।

यद्यपी उनी दोहोरीको राजा बोलको गीत गाउँदै राजा बनेका हुन् । त्यसो त उनी दोहोरी गीतका राजा नै मानिन्छन् । उनका सयौं गीत बजारमा हिट छन्।

Advertisement

अहिले भने उनले नकुल ढकालको शब्दमा रहेको उक्त गीतमा शर्मालाई दोहोरीको रानीको तर्फबाट लक्ष्मी मल्लले साथ दिएकी छिन्।

गीतमा हेमन्त मल्ल कान्छाले संगीत भरेका छन् भने अञ्जली अधिकारी, नकुल ढकाल, शितल शर्मा, शोभा ढकाल, सुरबिर पण्डित, अश्मि श्रेष्ठ लगायतको अभिनय रहेको छ।

स्मता स्नेहा इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट बजारमा आएको म्युजिक भिडियोलाई निशान कश्यपले सम्पादन गरेका हुन्।

More News last news
Loading...