काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात (शुक्रबार) नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
छापावाल सुन हिजो बिहीबार प्रतितोला रु ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ५०० रहेको थियो।
सुनको भाउ सँर्ग आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २४५ रहेको छ । बिहीबार चाँदी रु, १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
