आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन हिजो बुधबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९२ हजार ४०० रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार रहेको थियो।

सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० मा रहेको छ । बसधबार पनि चाँदी रु, १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...