नायिका एलिजा गौतमले किनिन् आधा करोडको कार

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी नायिका एलिजा गौतमले नयाँ सारथीको रुपमा नेक्सनको नयाँ कार खरिद गरेकी छिन। सिप्रदी ट्रेडिङ प्रा. लि. को तर्फबाट सिनियर सेल्स अफिसर अर्जुन प्रसाद उप्रेतीले नायिका एलिजा गौतमलाई स्वागतसहित कारको साँचो हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय प्राय कलाकारहरुले आफ्नै कार किन्ने होडबाजी चलिरहेको देखिन्छ त्यसै भित्र एलिजाले पनि आफ्नो सोक पुरा गर्न नया सवासी खरिद गरेकी हुन्। केहि समय अगाडी मात्रै उनी क्यानाडाबाट फर्किएकी हुन् ।

Advertisement

भर्खरै नेपाल फर्किएकी एलिजाले आमा र आफु मिलेर ५० लाख पर्ने नेक्सनको नयाँ कार खरिद गरेको बताएकी छन् ।पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै चम्किएकी छिन् ।

केहि समय अगाडी उनले आधि कपाल गीत गरेर यो क्षेत्रमा पाइला टेकेकी थिइन्। सबै भन्दा महँगो पारिश्रमिक लिएर चर्चामा आएकी एलिजाले निरन्तर म्युजिक भिडियो खेल्दै आइन् ।

उनि चर्चामा हुदै गर्दा झन्डै २ दर्जन म्युजिक भिडियो क्यान्सिल गरेर क्यानाडा पुगेकी थिईन। क्यानाडामा उनी आफ्ना आमा बुबा संगै बस्दै काम गरिरहेकी थिइन्। एलिजाले आफुले कमाएको पैसा पनि अहिले खरिद गरेको कारमा खर्च गरेको बताईन।

More News last news
Loading...