काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको छ।
बुधबार राति रायो भालेकोनोसँग १० गोल अन्तरले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई १४ महिनापछि बर्खास्ती गरेको हो।
१४ महिना अघि नोउ क्याम्प आएका कोम्यानले ला लिगामा १० खेलबाट जम्मा १५ अंक बनाएका छन् । टोली तालिकाको नवौं स्थानमा छ ।
क्लबले भनेको छ, ‘रोनाल्ड कोम्यान टोलीबाट बिदा हुनुहुनेछ ।’ बुधबार भएको ला लिगाको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो। रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे ।
खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदूपयोग गर्न सकेनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
