आज (बुधबार) घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज साताको चौँथो दिन अर्थात (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन हिजो मंगलबार प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारबाट लगातार बढेको सुनको भाउ आज ओरालो लागेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार १०० रहेको थियो।

सुनको भाउ सँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० मा रहेको छ । मंगलबार चाँदी रु, १००० २६५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...