काठमाडौँ । अछाममा दुलही पुर्याएर फर्किँदै गरेको बस भीरबाट खस्दा चार जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको बस दुर्घटनामा परेको नगरपालिकाका मेयर देवराज देवकोटाले उज्यालोलाई जनाकारी दिए।
उनका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको ज्यान गएको हो। घाइते भएका १३ जनामध्ये दुई जनालाई थप उपचारका लागि बाँकेको नेपालगञ्जमा रेफर गरिएको छ ।
अरुको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोटबाट दुलहीलाई वडा नम्बर १ को नादीमा पुर्याएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो।
रातको समय भएको र चालकलाई सडकको अवस्थाबारे थाहा नहुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बस ब्याक गर्ने क्रममा भीरबाट खसेको पनि मेयर देवकोटाले जानकारी दिनुभयो । बसका चालक घाइते छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
