राधा ढकालले जितिन् दोश्रो एनटीएस कौसी क्वीन–२०७८ को उपाधी

काठमाडौँ । दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबरले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन्।

उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन । साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गरेका थिए । ताजसंगै उनले ५० हजार रुपैया वरावरको कौसीमा ग्रीन हाउस उपाहार पाएकी छन्।

Advertisement

त्यसैगरी, त्यसै गरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर भएकी । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भएकी थिइन । सोही कार्यक्रममा अप्रतियोगि पुष्प व्यावसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्विन’को उपाधीले सम्मान गरिएको थियो ।

फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामाग्री पाएका छन् । त्यसै गरी सहभागी सबैलाई एक हजार बराबरको सान्त्वना पुरस्कार पनि वितरण गरिएको छ । प्रतियोगितामा देशभरबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

जस मध्ये ललितपुर थास खेलकी राधा ढकाल, बालाजुकी सरस्वती खाण्ड ठकुरी, चन्द्रागरीकी चन्द्रमाया माली, कीर्तिपुर २ मैत्रीनगरकी लीला खनाल हाजुर, भक्तपुर सिरजनानगर आकाश पुलकी विनिता राजभण्डारी, पोखराकी सरस्वती अधिकारी, बनेपाकी विजय मानन्धर, तनहुँ व्यास नगरपालिका ४ संगम टोलकी विमला कार्की, चन्द्रागीरिकी राधिका अर्याल, कीर्तिपुरकी मृदुला श्रेष्ठ र कुलेश्वरकी कृष्ण मैया अधिकारी टप टेन भित्र परेका थिए ।

यस्ता खालका क्रियाक्लावले शहरी खेती गर्न सवैलाई आकर्षण गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए । अझ घरको नक्सा पास गर्ने समयमा कौसीमा अनिवार्य कौसी खेती गर्ने ट्रस बनाउन सकेमा झनै राम्रो हुने बताए।

यसपछि १० वटा विद्यामा फार्मर हाउस कम्पिटिसनको आयोजना गर्ने पनि श्रेष्ठले जानकारी दिए । बाख्रा फार्मर अफ दी इयर, भेजिटेवल फार्मर अफ दी इयर, फ्रूट्स फार्मर अफ दी इयर लगायत १० वटा क्याटोरीगरिमा प्रतिष्पर्धा गराई कृषकमाझ कृषिलाई सम्मानित गराउने उद्देश्य छ ।

More News last news
Loading...