काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियन बागमती प्रदेश, काठमाडौंले नेपालीहरूको महान चार्ड विजया दशमी, दिपावली, नेपालसम्वत ११४२, छठ तथा ईदको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम २०७८ सम्पन्न गरेको छ।
कम्पनीमा कार्यरत कर्मचारी, व्यवस्थापन र यूनियनविच थप औधोगिक शान्ती, मेलमिला र सद्भाव बढाउने तथा आपसमा भेटघाट गरेर शुभकामना दिने उदेश्यले सधा झै यस पटक पनि कार्यक्रम गरिएको प्रादेशिक समिति, बगमती प्रदेशका अध्यक्ष अचुत ओझाले जानकारी दिए ।

नेपाल टेलिकमलाई एक नम्बरको संस्था बनाउनुपर्छ : प्रतिनिधिसभा सदस्य प्रधान
कार्यक्रमका प्रमुख अतिथि नेपाली कााग्रेसका नेता पुर्व रक्षा मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय भिमसेनदास प्रधानले कम्पनी व्यवस्थापन र आम कर्मचारीलाई नेपाल टेलिकमलाई एक नम्बरको संस्था बनाउने गरि काम गर्न शुभकामना दिएका छन् ।
कम्पनीको विकास र सम्वृद्धिको लागि नेपाली काग्रेसको नेतृत्वमा सरकार रहेकोले राज्न पक्षबाट कुनै समस्या भए समधानको लागि आवश्य पहल गर्न आफु तयार रहेको समेत बताए ।
साथै काग्रेसमा भईरहेको आन्तरीक प्रतिस्प्रर्धाले सक्षम योग्य व्यक्तीलाई नेतृत्वमा स्थापीत गर्ने हुँदा आगामी निर्वाचनबाट काग्रेसले बहुमत सहित राज्य संचालनको जिम्मेवारी पाउनेमा निश्चीत रहन सबैलाई आहावन गरेका छन् । कँग्रेस सँधै मजदुरको पक्षमा रहेको पार्टी हो।
कम्पनीमा देखिएको समस्यालाई काग्रेसले नजीकबाट हेरीरहेको र विभागीए मन्त्री आएपछि यसको समधान हुने आफुले विश्वास लिएको बताए । कम्पनीको हितमा लाग्न सबैलाई प्रेरणा मिल्योस् भन्दै शुभकामना दिए ।

‘कुर्सीमा पुगेपछि मजदुर विर्सने व्यवस्थापक र नेता दुवै सुध्रिनुपर्छ’
टे्ड यूनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्र जग कार्कीले कुर्सीमा पुगेपछि मजदुर विर्सने व्यवस्थापक र नेता दुवैले आफ्नो व्यवहार सुधार्रन पर्ने देखिन आएको बताए। यूनियनले उठाएर भएका सहमती हुबहु लागु गर्न व्यवस्थापनमा जागर आयोस् र यूनियनहरुमा पनि आफुले उठाएर सहमती भएका विषय लागु गर्न निरन्तर खबरदारी गर्ने उर्जा प्राप्तहोस् भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, NTCWU का सल्लाहाकार शकर लाममिछाने, कृष्णप्रसाद अर्याल, सह अध्यक्ष केशव हुमागाई लगाएतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सभापतित्व प्रदेश अध्यक्ष अचुत ओझाले गरेका थिए भने कार्यक्रम संचालन सचिव बिनोद घिमिरेले गरेका थिए।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
