भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन्।
दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ।
एसपी यमुना प्रसादले प्रहरी बल दुर्घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेको जानकारी दिएका छन् ।
यी दुई गाडी यति बेस्सरी ठोक्किएका थिए कि दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । स्रोतका अनुसार थुप्रै शव र यात्री गाडीभित्र नराम्रोसँग फसेका थिए । मृतकको सनाखतको प्रयास गरिँदै छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
