टोखाका खत्रीको १२ लाख झ्वाम ! महाशाखामा उजुरी गरेपछी नसोचेको भयो

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ जिल्ला बिराटनगर म.न.पा. १३ घर भइ हाल काठमाडौँ मध्यबानेश्वर बस्ने ४१ बर्षीय मणि निरौला रहेका छन्। निरौलालाई महाशाखाको टोलीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

Advertisement

महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाका अनुसार निरौलाले आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक हुँ भन्दै म्याग्दीका सुजन खत्रीलाई ठगी गरेका थिए।

खत्रीका अनुसार अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिने र त्यसको लागि बाह्र लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएका निरौला त्यसको केही समयपछि सम्पर्कबिहीन रहेका थिए।

यसबारे थप अनुसन्धान गर्न उनलाई महानगरीय प्रहरी वृत सिंहदरबार पठाएको महाशाखाले जनाएको छ।

More News last news
Loading...