बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौँ । बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो।

Advertisement

यातायात व्यवसायीहरूले भाडा वृद्धिका लागि आन्दोलन गरिरहेका थिए।

बाग्मती प्रदेश यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ।

लामो समयको लकडाउन पछि यातायात खुलेसँगै व्यवसायीले भाडा वृद्धिको माग गर्दै आएका थिए । केही दिन अघि मात्रै संघीय सरकारले पनि लामो दूरीका सवारी साधनको भाडा बढाएको थियो ।

More News last news
Loading...