‘रामायण’ का रावणको निधन

काठमाडौँ । रामायणमा आधारित भएर बनेको धारावाहिक टेलिश्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।

८३ वर्षको उमेरमा उनको गएराति मुम्बईस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित थिए ।

Advertisement

रामायणमा रावणको भूमिका निर्वाह गर्नुका साथै उनले धारावाहिक ‘विक्रम और बेताल‘ मा पनि अहम भूमिका निभाएका थिए।

उनी गुजराती सिने जगतमा पनि चिरपरिचित थिए । त्रिवेदीले हिन्दी र गुजराती गरी झण्डै तीन सय चलचित्रमा अभिनय गरेका थिए ।

केही समयअघि उनको मृत्युबारे अफवाह समेत फैलिएको थियो ।

More News last news
Loading...