काठमाडौंको महाराजगन्जबाट सुजन तामाङ पक्राउ ! गरेछन् गर्नै नहुने यस्तो काम, ८ दिन कैद र २० लाख जरिवाना तिर्नुपर्ने
काठमाडौँ । खातामा पर्याप्त रकम नभएको चेक दिएर २० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल काठमाडौंको महाराजगन्ज बस्ने सुजन तामाङ रहेका छन्।
तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूर गरेको प्रहरीले जनाएको छ।
सो कसुरमा उनलानई उच्च अदालत पाटनको गत २०७७ पुस ६ गतेको फैसलाले आठ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।
फरार रहेका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित विशेष टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सवइन्जिनियरलाई नियन्त्रणमा लिएको छ । टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई घुस रकमसहित कार्यालयपरिसरबाटै नियन्त्रणमा लिएको हो।
कलभर्ट निर्माणकार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको उजुरीका आधारमा केसीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
केसीमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
