काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ।
काठमाडौँबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको हो । विमानस्थल स्रोतका अनुसार जहाजमा कुनै क्षति भएको छैन । यात्रुलाई सकुशल ओरालिएको छ ।
जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
केही दिन अघि मात्रै बुद्ध एयर ठुलो दुर्घटनबाट जोगिएको थियो । काठमाडौंबाट विराटनगर उडेको बुद्धको जहाज विराटनगरमा बस्न नसकेर काठमाडौंमा फर्किएर फोर्स ल्यान्डिङ्ग गरेको थियो ।
यस अघि ११ साउनमा पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
