काँग्रेस महाधिवेशन, काठमाडौं महानगरको सभापतिमा ७९६ मतसहित शाक्य विजयी

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्।

आइतबार (आज) सम्पन्न महानगरको निर्वाचन शाक्यले ७ सय ९६ मतसहित निर्वाचित भएका हुन्। त्यसैगरी शाक्यका प्रतिष्पर्धी प्रगतीमान रञ्जितले भने ३ सय २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

Advertisement

शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा शाक्य र रञ्जित आ-आफ्नो प्यानलसहित प्रतिष्पर्धाको मैदानमा रहेका थिए।

सम्पन्न निर्वाचनमा कुल १ हजार ३ सय ३९ मत खसेको थियो । त्यस्तै अन्यको भने मत परिणाम आउन बाँकी रहेको छ। शाक्यलाई कांग्रेस नेतृत्वमा संस्थापन इतरको समर्थन रहेको थियो । भने रञ्जितलाई संस्थापनको समर्थन रहेको थियो।

महानगर सभापतिमा निर्वाचित शाक्य कांग्रेसका पुराना नेता हुन्। कांग्रेसमा इमान्दार नेताको परिचय बनाएका शाक्य कलाकारिता क्षेत्रमा समेत सक्रियता रहेको छ।

उनी हाल काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर २५ का निर्वाचित जनप्रतिनिधि अर्थात् वडा अध्यक्ष पनि हुन्।

More News last news
Loading...