किम जोङ उनले बहिनीलाई दिए अति महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई राष्ट्रिय मामिला परिषद् (स्टेट अफेयर्स काउन्सिल) को सदस्य बनाएका छन्।

यो परिषद्लाई उत्तर कोरियाकै निकै महत्वपूर्ण निकाय मानिन्छ। यो नीति निर्माण गर्ने सर्वोच्च निकाय हो । शासक उनले बहिनी जोङसहित सात जनालाई परिषद् सदस्य बनाएका हुन्।

Advertisement

उत्तर कोरियाको सरकारी समाचारमाध्यम केसीएनएका अनुसार, बहिनी जोङले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जिम्मेवारी हो ।

जोङ आफ्ना दाजु किमकी प्रमुख सल्लाहकारसमेत हुन्।

जोङले यसअघि आफ्ना दाजु किमलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन तथा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा सघाएकी थिइन्।

More News last news
Loading...