‘स्टारकिड पनि फिल्मबाट निकालिन्छन् तर उनीहरू रुँदै हिँड्दैनन्’

काठमाडौँ । बलिउडमा सबैभन्दा बढी विवाद हुने विषय हो‚ नेपोटिजम। बलिउडमा नेपोटिजम छैन भन्नेहरू पनि छन्। त्यसमा निर्देशक तथा कलाकारका छोराछोरी र जसले उनीहरूलाई फिल्ममा मौका दिइरहेका छन् उनीहरू बलिउडमा नेपोटिजम छैन भन्नेमा अडिग रहन्छन्। यसमा उनीहरूको आफ्नै तर्क छ।

नातेदार या आफन्तबिना बलिउडमा प्रवेश गरेका कलाहरू भने नेपोटिजम छ भन्नेमा विश्वास गर्छन्। आफूहरू त्यसको शिकार भएको पनि बताउँछन्। अभिनेत्री सोनाक्षी सिन्हाले एक अन्तर्वार्तामा स्टारकिडले पनि अन्य कलाकारले जस्तै समस्या खेप्नुपर्ने बताएकी छन्।

Advertisement

आफ्नै उदाहरण दिँदै उनले भनेकी छन्, ‘स्टारकिडले पनि धेरै फिल्मबाट निकालिनु परेको छ। यो हाम्रो कामको एउटा पाटो हो।’ यसरी स्टारकिडमाथि बहस हुनु बेकार रहेको पनि उनले बताएकी छन्। उनले भनेकी छन्, ‘यस्तो सबैसँग हुन्छ। स्टारकिडसँग पनि हुन्छ। उनीहरू कसैसँग गएर रुँदैनन्‚ त्यति फरक हो। यसलाई स्विकारेर अघि बढ्न सक्नुपर्छ, यही जीवन हो। पोखिएको दूधका बारेमा सोचेर कुनै फाइदा छैन।’

आफ्ना पिता शत्रुघ्न सिन्हाले पनि धेरै फिल्म गुमाउनु परेको उनले बताइन्। ‘मेरा पिता जो स्टारकिड हुनुहुन्थेन, उहाँले पनि धेरै फिल्म गुमाउनु परेको थियो। यस्तो हरेक कलाकारसँग हुन्छ’‚ उनले भनिन्, ‘यो कुनै नयाँ कुरा होइन। तपाईं कडा मेहनत गर्नुहुन्छ, आफ्नो कामलाई अघि बढाउनुहुन्छ, जीवनलाई निरन्तरता दिनुहुन्छ।’

सोनाक्षीले सन् २०१० मा ‘दबंग’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि ‘राउडी राठोर’, ‘लुटेरा’, ‘फोर्स २’, ‘इत्तेफाक’ जस्ता फिल्ममा अभिनय गरेकी उनको पछिल्लो फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’ हो। उनी छिटै डिजिटल डेब्यु पनि गर्दै छिन्।

More News last news
Loading...