राजमार्गमा उत्पात मच्चाउने ६ जनाको समूह पक्राउ, गरेछन् यस्तो बदमासी

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले प्रहरीको सिआइडी हौं भन्दै राजमार्गमा आतंक मच्चाउने ६ जनाको समुहलाई पक्राउ गरेको छ। उनीहरुलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका–११ का २० वर्षीय निरन्जन तामाङ, २१ वर्षीय निरज कोइराला, १९ वर्षीय सुरज तामाङ, २० वर्षीय ओमराज गुरुङ, २० वर्षीय मनोज तामाङ र २० वर्षकै रिकेश कुँवर छन्। पक्राउ परेका सबै जना एकै गाउँका हुन्।

Advertisement

प्रहरीका अनुसार उनीहरुले गोरखा-आबुखैरेनी सडकखण्डमा मालबाहक ट्रकहरु रोकी आफूहरु प्रहरीको सिआइडी भएको भन्दै आतंक मच्चाउने काम गर्दै आएका थिए। यस्तै, उनीहरुले ट्रकहरुलाई बलजफ्ती रोकेर जथाभावी बोल्ने, धम्काउने, गरेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् :

विद्युत महशुल भुक्तानी नभएपछि लाइन काट्न गएका विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी होटल सञ्चालकबाट कुटिएका छन् । बुधबार होटल इस्टर्नस्टारको विद्युत लाइन काट्न गएका कर्मचारीलाई होटल सञ्चालक समितिका अध्यक्ष तुलसी पोखरेलले कुटपिट गरेका पीडितको भनाइ छ ।

होटलले ३ लाख १४ हजार विद्युत महशुल बझुाएको छैन । महशुल नबुझाएपछि लाइन काट्न बुधबार बिहान प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा, प्राधिकरणका सहयोगी विराटनगर-५ का सुनील हरिजन र चालक विराटनगर-४ का जितबहादुर सुनुवार होटलमा पुगेका थिए ।

लाइन काट्न अवरोध गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा पोखरेलले प्राधिकरणका इलेक्ट्रिसियन खतिवडामाथि कुटपिट गरेको उजुरी आएको प्रहरीले जनाएको छ । भाग्न खोज्दा होटलको गेट बन्द गरेर बन्धक बनाएको कर्मचारीको गुनासो छ ।

आधा घण्टाभन्दा बढी होटलमै थुनेपछि प्रहरी र प्राधिकरणका कर्मचारीले उनीहरुलाई निकालेका थिए । प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्काले होटलले ३ लाख १४ हजार बिल नतिरेको बताए । त्यसमा २५ प्रतिशत जरिवाना थप जरिवाना लाग्छ।

More News last news
Loading...