अर्धनग्न अवस्थामा काठमाडौंमा महिलाको शव फेला

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको प्रहरीले जनाएको छ।

शव अर्ध नग्न अवस्थामा छ। बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ।

Advertisement

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन्।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो। डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए।

विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए। शवको सनाखत भएको छैन।

More News last news
Loading...